Public Pana

संयुक्त विद्यार्थी संगठनले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वभाविक रूपमा भएको शुल्क बृद्धि विनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । 
 

आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन लगाएतले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरि अस्वभाविक रूपमा भएको शुल्क बृद्धि विनासर्त खारेज नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
 

पत्रकार सम्मेलनमा अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र शुल्क बृद्धि खारेज नभए कडा आन्दोलन गर्ने र त्यसबाट उत्पन्न हुने अवस्थाका जिम्मेवारी स्वयं इन्जिनियरिङ्ग अध्ययन संस्थान हुने बताए ।
 

इन्जिनियरिङ्ग अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई./बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।

इन्जिनियरिङ्गतर्फको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्क तर्फ ३ लाखबाट बढाएर ७ लाख ७५ हजार पुराइएको संयुक्त विद्यार्थी संगठनको आरोप छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update