Public Pana
कोशी प्रदेश  सरकार विरुद्ध सर्वोच्चको अन्तरिम, तत्कालका लागि कामकारवाही अघि नबढाउन आदेश

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले लिएको विश्वासको मत बदर गर्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालतमा दायर रिटमाथी बिहिवार सुनुवाई गर्र्दै नयाँ सरकारलाई आफ्नो कामकारवाही तत्कालका लागि अघि नबढाउन आदेश दिएको  छ ।

सर्वोच्चको यो आदेशसँगै गठबन्धन नेतृत्वको वर्तमान सरकार पनि संकटमा परेको छ । 

यद्यपी रिटमाथीको अन्तरिम फैसला आउन बाँकी रहेपनि तत्कालका लागि सरकारको कामकारवाहीलाई अघि नबढाउन सर्वोच्चले दिएको आदेशले कोशी सरकारको वैधानिकतामा संकट उत्पन्न भएको छ । 

यसअघि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार सर्वोच्च अदालत रिट निवेदन दर्ता गराएका थिए । 
 

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका अध्यक्षमण्डलका सदसय्य तथा कांग्रेस सांसद इस्राइल मन्सुरीलाई मत हाल्न लगाएपछि एमाले अदालत गएको हो ।
 
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update