Public Pana
साउदी अरेबिया, यूएईसहित ६ वटा देशलाई ’ब्रिक्स’ मा सामेल गराउने निर्णय

विकासशील राष्ट्रहरूको समूह ब्रिक्समा थप छ वटा देश थपिने भएका छन् ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्सको तीन दिने शिखर बैठकले साउदी अरेबिया, इरान, इथियोपिया, इजिप्ट, अर्जेन्टिना र संयुक्त अरब इमिरेट्स (यूएई) लाई सामेल गराउने निर्णय गरेको छ ।

नयाँ देशहरू आउँदो अङ्ग्रेजी वर्ष अर्थात् सन् २०२४ देखि औपचारिक रूपमा ब्रिक्सको सदस्य बन्ने दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाले बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिले ब्रिक्समा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् ।

४० वटाभन्दा धेरै देशले ब्रिक्सको सदस्य बन्न चासो देखाएकोमा २२ वटा देशले त औपचारिक रूपमा लिखित अनुरोध नै गरेका छन् ।

विश्वको कुल जनसङ्ख्याको ४० प्रतिशत र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक चौथाइ भाग ओगट्ने भए पनि ब्रिक्सले विश्वका प्रमुख मुद्दामा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर आलोचना भइरहेको बेला यसलाई थप बलियो बनाउने प्रयासलाई महत्त्वका साथ हेरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update