Public Pana

ललितपुरको पाटनमा पञ्चदान पर्व मनाइएको छ ।

बौद्ध धर्मावलम्बीले बज्राचार्य, चैलक तथा शाक्यहरूलाई धान, गहुँ, सानो केराउ, नुन, रोटी, पैसा, चमल आदि दान गरी ललितपुरमा बिहीबार पञ्चदान पर्व मनाएका हुन् । 

प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन पाटन क्षेत्रमा बसोबास गर्दै आएका बौद्ध नेवार समुदायले यो पर्व मनाउने गर्छन्। विभिन्न पाँच टोलमा रहेका दिपंकर बुद्धलाई पूजा र दान दिएर पञ्चदान पर्व मनाइएको हो ।

नेपाल संम्वत ५१२ देखि मनाउन थालेको किम्वदन्ती रहेको पञ्चदान पर्वमा बौद्ध धर्माबलम्बीहरूले दिपंकरहरुलाई बिहारबाट निकाली नगरका विभिन्न टोलमा दान दिने र ग्रहण गर्ने परम्परा छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update