Public Pana

नेपालले पहिलोपटक आयोजना गरेको यू–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियनशिपमा दक्षिण कोरिया र सयुंक्त अरब इमिरेट्स (युएई) च्याम्पियन बनेका छन् । दक्षिण कोरिया पुरुष तथा युएई महिलामा पहिलो भएका हुन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पुरुष फाइनल खेलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले पराजित गर्दै पहिलो भएको हो । त्यसअघि आजैै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

    एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा मलेसिया तेस्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो ।
 
    पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेईले थाइल्यान्डलाई १९–० ले पन्छाउँदै पहिलो भयो । ताइपेईले नेपाललाई ३४–७ तथा थाइल्यान्डले बङ्गलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् । 

    विभिन्न आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौँ स्थानमा रह्यो । सातौँ स्थानका लागि भएको खेलमा नेपालले बङ्गलादेशमाथि ६९–० को सहज जित दर्ता ग¥यो । महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौती २६–५ ले समाप्त पा¥यो । मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउँदै तेस्रो भयो । 

    महिलामा नेपालसहित पाँच राष्ट्र सहभागी थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाई, नेपाल रग्बी सङ्घका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गर्नुभयो ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  २२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update