Public Pana
नेप्सेको कारोबार बढ्यो

कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार नेप्से ३१.५२ अंकले घटेको छ । आज नेप्से ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा झरेको हो ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम बढेको छ । आज नेप्सेमा १ अर्ब ५५ करोडको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ४८ करोडको कारोबार भएको थियो ।

हिजो र अस्ति बढेको शेयर बजार आज बिहीवार भने उच्च अङ्कले घटेर राताम्मे भएको छ ।

सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको शेयर साढे आठ प्रतिशत तथा समता घरेलु लघुवित्तको शेयर आठ प्रतिशतले ओरालो लागेको छ । 

समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर छ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update