Public Pana
बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी

बालुवाटारको सरकारी जग्गा हडप्न संगठित रुपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

यो प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारी, व्यापारी र बिचौलियालाई सजाय गर्न माग गरिएको छ ।

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ।

तर  उनीहरु सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update