Public Pana
अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् ।

गत साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका दावा छिरिङसँग नियमित सम्पर्क रहेको विवरणसहितका समाचारहरु सार्वजनिक भइरहेका बेला अधिकारीलाई मन्त्रालयमा तानिएको हो ।

अधिकारीले सुन तस्करीमा मुछिएका दावा छिरिङसँग पटक पटक सम्पर्कमा रहेर कुरा गरेको म्यासेजसहितका विवरण केही दिनयता सार्वजनिक भइरहेका थिए । 

उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए । 
 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका उनलाई गृह मन्त्रालयमा ल्याएर तत्कालै विभागको महानिर्देशक बनाइएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update