Public Pana
काठमाण्डौंमै चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते

काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परी घाइते हुनेमा चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलका ४० वर्षीय कुनीप्रसाद तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तमाङले सञ्चालन गरेको कुखुरा फार्ममा चितुवा पसेर उहाँलाई आक्रमण गरेको हो ।

घाइते तामाङको उपचार भइरहेको छ । यसैगरी आक्रमण गर्ने चितुवासमेत घाइते भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।

आक्रमण गर्ने चितुवालाई नियन्त्रणमा लिन डिभिजन बन कार्यालयको टोलीले प्रयास गरेपनि चितुवा भाग्न सपबल भएको छ । चितुवालाई नियन्त्रणमा लिन नसकिएका कारण पुनः चितुवाको आक्रमण हुने डरले स्थानियहरु त्रसित बनेका छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update