Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गोःरा पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

उनले हिमालय पर्वतीय श्रृङ्खलाअन्तर्गत ऐतिहासिकरूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली तथा भारतको कुमाउँ तथा गढवाल क्षेत्रको मुख्य सांस्कृतिक चाडको विशेषता बोकेको गोःरा पर्वले सामाजिक एकता तथा सांस्कृतिक अन्तर्घुलनलाई अझै प्रगाढ बनाउन सक्नेछ भन्ने कामना गरेका हुन् । 

p.m1692849240.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update