Public Pana
तीर्थयात्री बोकेको बस बारामा दुर्घटना, ७ जनाको मृत्यु

भारतीय तीर्थयात्री बोकेको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकजना नेपाली रहेको खुलेको छ। 

काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटनाग्रस्त भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

‘जनकपुरबाट काठमाडौं पुगेर, त्यहाँबाट फर्र्किकएर जनकपुर नै आउन लागेको बस राति अन्दाजी एक बजे दुर्घटनाग्रस्त हुन पुगेछ,’ उनले भने, ‘घाइते १७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा एकजना नेपाली पनि रहेको खुलेको छ, सनाखत हुन बाँकी छ । ’

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update