Public Pana
बाढी–पहिरोबाट राजमार्ग अवरूद्ध

बाढी–पहिरोबाट ७ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध हुन पुगेका छन्। ४५ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको छ।

सडक विभागले अद्यावधिक गरेको विवरणअनुसार तमोर करिडोरअन्तर्गत चतरा–मुलघाट माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको माझिटारमा अवरूद्ध छ।

कोशी राजमार्गअन्तर्गत रानी विराटनगर–इटहरी–धरान धनकुटा हिले, तेघुवाघाट– तुम्लिङ्गटार खाँदवारी–नुम किमाथाङ्का जोड्ने सडक संखुवासभाको मुढेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।

यस्तै पासाङ ल्हामु राजमार्गअन्तर्गत बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रुबेसी जोड्ने सडक नुवाकोटमा निगालेमा अवरूद्ध छ।

सुर्खेत तत्तो डुङ्गेश्वर–सातखम्बा, दुत्तु–पिपलकोट–खुलालु–मान्मा, नाग्मा–जुम्ला सडक कालिकोटको गल्जेमा अवरूद्ध रहेको विभागले अद्यावधिक गरेको सूचनामा उल्लेख छ।

डुम्रे बेसीसहर– मनाङको चामे जोड्ने सडक च्याम्चे, रामबजार र घोप्टेमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
पोखरा सिद्धार्थ राजमार्गअन्तर्गत बेलहिया–भैरहवा–बुटवल–वर्तुङ राम्दी स्याङ्जा जोड्ने सडक पाप्लाको हुल्दे खोला र कालिमाटीमा अवरूद्ध रहेको छ।

यस्तै ठोरी–भरतपुर–मुग्लिङ, आँवुखैरेनी गोरखा घ्याम्पेसाल, आरुघाट सिर्दिबास– रोइला भञ्ज्याङ जोड्ने सडक चितवनको नाम्सी पुलमा अवरूद्ध रहेको विभागले जानकारी दिएको छ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update