Public Pana
सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ललितपुर पुल्चोकस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच छुट सम्झौता भएको छ ।
 

यो सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
 

डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन बैंकले समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको दाबी गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update