Public Pana
चन्द्रमामा भारतले रच्यो इतिहास, चन्द्रयान–३ को सफल अवतरण 

भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएको छ ।
 

चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक चन्द्रयान–३ को अवतरण गराउने भारत विश्वकै पहिलो मुलुक बनेको छ ।

भारतीयहरुले पनि यसलाई इतिहास रचेको संज्ञा दिएका छन् । चन्द्रमामा अवतरणसँगै चन्द्रयान–३ ले त्यहाँको अध्ययन गरी थप जानकारी जुटाउनेछ ।
 

गत १४ जुलाईको दिउँसो २ः३५ बजे भारतको श्रीहरिकोटाबाट उडान भरेको चन्द्रयान–३ ले ४० दिनको यात्रा पूरा गरेर चन्द्रमाको सतहमा सफल अवतरण गरेको हो ।

चन्द्रमामा चन्द्रयान–३ को सफल अवतरणसँगै भारतमा खुसियाली मनाइएको छ । भारतीय प्रधानमन्त्रीले समेत यसलाई मुलुकको सफलताका रुपमा लिएको जनाएका छन् ।
 

यो यानले चन्द्रमाको कम अनुसन्धान भएको दक्षिणी धुव्रमा बरफको खोजी गर्नेछ । जुन यो मिसनको मुख्य उद्देश्य हो ।

बरफ भेटिएको अवस्थामा चन्द्रमामा मानव बस्ती विकास गर्न सहयोग पुग्ने वैज्ञानिकहरुको दाबी छ ।

yan1692796456.jpg

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update