Public Pana

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा श्रृंखलावद्ध भइरहेको सुन तस्करीमा संलग्नको सुइ उच्च नेताहरुतिर सोझ्याएका छन्।
आज बुधबार बसेको प्रतिनिधिसभाको विषेय समयमा आफ्ना भनाइ राख्ने क्रममा उनले सुन तस्करीमा उच्च तहका नेता, पूर्वआईजीपी र पत्रकाहरु पनि मुछिएको सूचना आफूसँऊ रहेको बताएका हुन् । 
बैठकमा संसद् लामो समय अवरोध भएकोमा आक्रोश पोखेका उनले सुन प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआआईबी) सरकारले दबाब दिइरहेको पनि आशंका व्यक्त गरे।

सरकारकै मान्छेले सुन प्रकरणका दोषीलाई उन्मुक्ति दिन दबाब दिइरहेको उनको भनाइ थियो ।


 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update