Public Pana

दलहरुबीच सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भएसंगै प्रतिनिधि सभाको गतिरोध अन्त्य भएको छ । 
 

सुन तस्करी प्रकरणको छानबिनका लागि असोजमा छानविन आयोग गठन गर्ने सहमतिसँगै संसद् अवरोध हटेको हो ।
 

संसदको अवरोध हटेसंगै बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले दलहरुबीच भएको दुईबुँदे सहमतिका बारेमा जानकारी गराए ।
 

प्रधानमन्त्रीको पहलमा निरन्तर रुपमा सदन सूचारु गर्न विभिन्न चरणमा छलफल संवाद गर्दे सहमतिमा उभिएको उनले बताए । 
 

रक्षामन्त्री खड्काले सहमतिसंगै संसद्ले नेपाली जनताको सरोकार र विषयमा निकास दिँदै जाने वातावरण तयार भएको जिकिर गरे ।
 

एमालेको अवरोधका कारण साउन १० देखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update