Public Pana

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरीबन्धु टी स्टेटको जग्गाका बिषयमा छानविन गर्न जरुरी नरहेको बताएका छन् ।
 

आज बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले गिरिबन्धु टि स्टेटको करिब २८० बिगाहा जग्गा सट्टापट्टा गर्ने तत्कालीन सरकारको निर्णयका बिषयमा छानविन गर्न जरुरी नभएको तर छानविन गर्न मन लागे गर्न सुझाव दिए ।
 

अध्यक्ष ओलीले विना कानून जग्गा सट्टापट्टा गर्ने गरिएपछि एमाले सरकारले कानून बनाएर व्यवस्थीत काम गर्ने गरेको जिकिर गरे ।
 

उनले सरकार लचिलो भएर सदन खुलाउन तयार भएको भन्दै धन्यवाद दिए ।

सुन तस्करी सधैका लागि अन्त्य गर्न र निष्पक्ष छानविन गर्न सरकार तयार नभएकै कारण लामो समय सदन अवरुद्ध भएको भन्दै ओलीले अहिले एमालेले पनि सम्झौता गर्नुपरेको तर्क गरे । 
 

उनले स्तरहिन मान्छेहरुले सुन तस्करी प्रकरणमा आफुलाई जोड्ने प्रयास गरेको बताए ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update