Public Pana
जाम घटाउन भन्दै बनाउन लागिएको फ्लाइओभरले झन जाम बढायो !

ग्वार्को क्षेत्रका व्यापारीले पसल बिक्रिमा भन्न थालेको लामो समय भयो । प्रतिमहिना २० हजार रुपैयाँ तिर्न नसकेर बिक्रिमा राखिएको हो ।

पसल किन्ने मान्छे आएपनि फर्किनुको कारण त्यहा हुने गाडि भिड देखेर हो । 

गडि भिडले गर्दा खरिदकर्ताहरु स्वत घटेका छन् । आंकल झुक्कल मात्र ग्राहक आउदा व्यापारी तनाबमा छन् । 

यो उदाहरण मात्र हो । वास्तवमा भन्ने हो भने जाम घटाउन भनेर अभियान थालिएको फ्लाइओभरको कार्यले सडक जाममा पर्दा बाटो प्रयोग गर्ने सवारी साधन मात्र होइन यात्रुपनि मारमा परेका छन् ।

आठ लेनको चक्रपथमा बीचको मुख्य चार लेनमा फ्लाइओभर निर्माण गर्न लागिएको हो । बीचको मुख्य चार लेन

फ्लाइओभर निर्माणका लागि बन्द गरिएपछि सहायक लेनबाट गाडी चलाउने गरिएको छ ।

उसै त बीचको मुख्य चार लेनमा गाडी चल्दा त जाम हुने ग्वार्कोमा झन त्यो चार लेनमा गाडी चलाउन नपाउँदा यसको असर सहायक लेन तथा सर्भिस लेनमा पर्ने गरेको छ । जसका कारण लामो जाम हुने गरेको छ । अनि यसको असर स्थानिय व्यापारमा परेको स्वत देखिन्छ ।

गएको मंसिरमा निर्माण कार्य शुरु गरे पनि डिजाइनमा समस्या देखिएपछि अहिले निर्माण कार्य रोकिएको छ । निर्माण कार्यको लागि मुख्य लेन खनेर भत्काइएको छ । अरु कुनै काम हुन सकेको छैन । यसले गर्दा छिटो निर्माण सकिएर जाममुक्त हुने आशामा रहेका नागरिकले दैनिक सास्ती भोग्नु परेको छ ।

२०७८ साल माघमा सम्झौता भएर दुई वर्ष भित्र निर्माण गरिसक्नुपर्ने गरी आशीष, समानान्तर र रेलिग्रेन जेभीले ठेक्का पाएको फ्लाइओभरको काम मंसिरमा शुरु पनि भएको थियो ।

तर, निर्माण व्यवसायीले काम गर्दै जाँदा डिजाइन अनुसार काम गर्ने मेशिन छिमेकी देश भारतमा पनि नपाइने बुझेपछि डिजाइन नै फेर्नुपर्ने भयो । डिजाइनमा रुमलिँदैमा १८ महिनाको समय त्यसै गयो ।

ठेकेदारले डिजाइन परिवर्तनका लागि सडक विभागलाई अनुरोध गरेका छन् । अध्ययनपछि अब छिटै नयाँ डिजाइन अनुसार काम हुने सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । 

पुलमा उक्लिनका लागि बिएण्डबी अस्पताल नजिक तथा बालकुमारीमा र्याम बनाइन्छ । बालकुमारीतर्फको र्याम तीन सय २० मिटर तथा सातदोबाटोतर्फको र्याम भने एक सय ८५ मिटरको हुन्छ । पुलमुनिबाट ग्वार्को–इमाडोल–ग्वार्को गाडी आवतजावत गर्ने गर्छ ।

gwarko----1692778227.jpg 

gwarko-1692778176.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update