Public Pana

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । बैठकमा सहभागी एक नेताका अनुसार दुई बुँदे सहमतिको मस्यौदा तयार भएको छ । औपचारिक रुपमा हस्ताक्षर समेत भएको छ ।

उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसद बैठक आज ३ बजेका लागि सूचना निकालिएको छ । 
sahamati1692778812.jpg

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update