यसपालि ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनलाई

नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’को उपाधि सकिना महर्जनले जितेकी छन् ।
कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले हात पारेकी हुन् ।
१७ युवतीबीच प्रतिस्पर्धा भएको १७औँ संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फस्र्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेण्ड रनरअपको उपाधि मिनाशा महर्जनले जितिन् ।
नेप्लिज फेसन होमको आयोजनामा नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ हुँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०८० १३:२२
प्रतिक्रिया दिनुहोस्