Public Pana

सर्वदलीय बैठक सुरु भएको छ । अवैध सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न छलफल हुँदैछ । 
 

यसअघि हिजोको लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका कारण स्थगित भएको थियो ।
 

आजको बैठकमा पनि ओली सहभागी छन्। बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका नेता तथा अध्यक्षहरू छन्। मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि बैठक स्थगित भएको थियो ।
 

सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले सोमबार प्रारम्भिक मस्यौदा तयार पारेको थियो ।
 

सो मस्यौदालाई आजको सर्वदलीय बैठकले अन्तिम रूप दिने तयारी गरेको छ ।
 

उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयमा छलफल गर्न प्रमुख ३ दलका नेता सम्मिलित समिति गठन भएको छ ।

समितिमा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update