Public Pana
एमाले महासचिवसँग कफि गफ 

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘सरकारले सुनको धन्दा गर्दा नागरिकले सुशासनको चर्चा गरिदिनुपर्ने’ भन्दै व्यंग्य गरेका छन् ।

आज बुधबार सुर्खेतको वीरेन्द्रनगरमा ‘एमाले महासचिवसँग कफी र कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।  

महासचिव पोखरेलले सरकारले सुनको धन्दा गरिरहदा आम नागरिकले सरकारले गरेको सुशासनको चर्चा गर्दिनु पर्ने कुरा लज्जास्पद भएको बताए । 

‘सरकारले निष्पक्ष देखिने गरि काम गर्नुपर्ने थियो। त्यो देखिएन्,’ उनले भने, ‘उल्टो गठवन्धन सरकार नै सुन तस्करीमा लाग्यो र त्यसैमा अवैध कारोवार गर्न पशुपति जलहरी काण्ड बाहिर ल्याइयो ।’

उनले धर्मिक आस्था भएको स्थानको सुनको जलहरी निकालेर जोख्ने परिस्थितिले सांसद कति झुट रहेछन् भन्ने तथ्य प्रमाणित भएको दाबी गरे । 

‘यो अनुसन्धानमा रोस्टममा उभिएर पशुपतिको जलहरीका विषयमा सम्बोधन गर्ने काम भयो। सरकारले अनुदान मात्र ३० करोड दिएको हो। खर्च अर्बौ भएको छ। जुन पशुपति विकास कोषबाट भएको थियो,’ उनले भने, ‘रोष्टमबाट सुन पित्तल हो भनियो, तर पछि बिस्तारै सुनको अवैध कारोबार सरकारबाटै हुँदो रहेछ भन्ने तथ्य बाहिर आयो ।’ 

एमाले अध्यक्ष केपि शर्मा ओली नेतृत्वको सरकारले विमानस्थलमा तीन ठाउँबाट विद्युतीय सूचना रेकर्ड गर्ने व्यवस्था मिलाएको तर, वर्तमान सरकारले सो व्यवस्था बन्द गरेर तस्करलाई संरक्षण दिएको आरोप पनि उनले लगाए । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update