Public Pana
नदीमाथि झुन्डिरहेको केबलकारमा रातभर फसेका, ६ जनाको उद्धार

पाकिस्तानको खैबर पख्तुनख्वामा नदीमाथि झुन्डिरहेको केबलकारबाट चार बालबालिकासहित ६ जनालाई बाहिर निकाल्ने प्रयास जारी छ ।
 

यो केबलकार ९०० फिटको उचाइमा झुन्डिरहेको छ। जसको तल विशाल नदी बगिरहेको छ ।

सुरुमा केबलकार ८ जना थिए, तीमध्ये दुई बालबालिकालाई भने हिजै उद्धार गरिएको छ । 
बाँकी ६ जना भने रातभर केबलकारमै फसेर बसेका छन् । 

 

यो सुन्दर क्षेत्र हो तर त्यहाँ सडकलगायत आधारभूत सुविधा छैन । यहाँ एक पहाडबाट अर्को पहाडसम्म पुग्न केबलकारकै सहारा लिइन्छ ।
 

केबलकारमार्फत यात्रा गरिरहेका उनीहरू बीचमै अड्किपछि अलपत्र परेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update