Public Pana

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । विगत १४ वर्षदेखि प्यारालाइसिसले थलिएका किरातीका बुवा हर्कबहादुर राईको निधन भएको हो ।

अवकाशप्राप्त बेलायती सैनिक राईको प्यारालाइसिसका कारण चल्न–चलबलाउन नसक्ने अवस्थामा थिए । मन्त्री किरातीकी आमाको पनि केही वर्ष पहिलो निधन भइसकेको छ ।

बुवाको मृत्युपछि मन्त्री किरातीले आजबाट आफू पूर्ण रूपमा टुहुरो भएको बताएका छन् । 

“भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुवा आमा त रहनु भएन रह्र्यो त केवल  खिचि छोडेको तस्विर आँखामा । पितृत्व र मातृत्व छातिभित्र’ मन्त्री किरातीले भनेका छन्, आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरूको सेवामा लगाउने छु । निशब्द छु तर भन्न बाध्य छु वुवा हार्दिक श्रद्धाञ्जलि ।”

kirati -rai1692755162.jpg

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update