Public Pana
चार देशीय महिला टी–२० शृंखलामा नेपालले आज कुवेतसँग खेल्दै

मलेसियामा चलिरहेको चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ ।
 

यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ ।
नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ ।

 

तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ ।
यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ रहेका छन् ।

 

राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि पनि शनिवार नै प्रतिस्पर्धा हुनेछ ।

 

यसपछि नेपाली टोलीले आईसीसी विश्वकप एसिया छनोट खेल्नेछ । 
 

अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।
 

समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।
 

एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ ।
 

नेपाल र थाईल्यान्डबीचको अभ्यास खेल अगष्ट २८ मा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update