Public Pana
८ बजेदेखि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक 

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।

बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेटमा आज बिहान ८ बजेदेखि बैठक सुरू हुनेछ ।
बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्यांक्वेट मंगलबारदेखि सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदेन प्रस्तुत गरेका थिए ।

लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेस भएका छन्। ती प्रतिवेदनमाथि आजदेखि छलफल हुनेछ ।
अध्यक्ष नेपालको प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका थिए ।

बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेछन् ।

पार्टी मातहतका कमिटी तथा जनवर्गीय संगठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
 

पार्टीका महासचिव घनश्याम भुसालको सांगठनिक प्रतिवेदनमा छलफल भएपछि बैठकमा महाधिवेशनको मिति र स्थान घोषणा गरिने बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update