Public Pana
च्याउले धेरैको ज्यान गएको छ, थाहा पाईराखौं कस्ता खानु हुँदैन ? 

पछिल्लो समय नेपालका विभिन्न स्थानमा च्याउ खाँदा केहीको मृत्यु भएको सुनिन थालिएको छ । केन्द्रीय तत्थ्यांक विभागकानुसार वर्षेनि २५ जनाको च्याउ खाएकै कारण मृत्यु हुनुपरेको छ ।
 

वास्वतमा भन्ने हो भने वर्षा यामका बेला जंगल, खेतबारीतिर निस्कने हो भने प्रसस्त च्याउ उम्रिएका देखिन्छन् ।
 

आकर्षक रङ्ग र बनोटका कारण ती च्याउ टिपेर खाउँ–खाउँ लाग्ने खालका हुन्छन् । च्याउ खानाले ज्यानै लिन सक्छन् । आकर्षक देखिने च्याउ विषालु पनि हुन सक्छन् र मान्छेको मृत्यु हुन्छ । त्यसैले कस्ता च्याउदेखि टाढा रहने भन्ने सबैले सम्झन आवश्यक छ ।
 

नेपालमा करिब १३ सय प्रजातिका जंगली च्याउ पाइने वनस्पति विभागको तथ्यांक छ । तीमध्ये करिब १ सय वटा विषालु हुन्छन् । विश्वमै अति विषालु मानिएका मध्येका च्याउ पनि नेपालमा पाइने गरेका छन् ।
 

विषालु च्याउलाई सुकाएर वा अन्य घरेलु विधिबाट विष कम गर्न नसकिने विज्ञको भनाइ छ । यस्ता च्याउले थकान निम्त्याउने, वान्ता गराउने, आँखा तिरमिर हुने, होस गुमाउने र ज्यानै जानेसम्म हुन्छ ।
 

जंगली च्याउमध्ये करिब १ सय ६० प्रजातिका च्याउ खान मिल्ने पनि हुन्छन् । तिनमा प्रोटिनदेखि क्यान्सरको जोखिम कम गर्न सक्ने खालका गुण हुने गरेका छन् ।
 

तर, कुन खान हुने र नहुने भनेर नचिन्दा बर्सेनि मानिसहरूको ज्यान जान्छ । त्यसैले जंगलमा पाइएको बाटामा उम्रिएका ल्याउनु हुदैन ।

च्याउ खेति गरेको स्थान तथा बजारमा बिक्रिका लागि राखिएको उत्पादनमुखि च्याउ, ब्राण्ड, कम्पनी र मिति हेरी ल्याएमात्र ज्यान जोगाउनुका साथै बलियोपन गराउन सकिन्छ । 

chau1692752818.jpg

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update