Public Pana
जापानले दियो पर्यटन मन्त्री किराँतीलाई आफ्नो देशको भ्रमण 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलाई जापानका माथिल्लो सदनका माननीयहरुले भ्रमणका लागि निमन्त्रणा गरेका छन् ।

हिजो मंगलबार पर्यटन मन्त्रालयमा पुगेका माथिल्लो सदन जापानका माननीयहरु नागाइ मानाबु र काजुहिरो कोबायासीहरुले पर्यटनमन्त्री किराँतीलाई जापान भ्रमणको निम्तो दिएका हुन् ।

यो क्रममा पर्यटनमन्त्रीले बुद्धको जन्मभूमी लुम्विनीबाट सिधै हवाइ जहाजको उडान गरे भैरहवाको विमानबाट चढेर जापान आउने रहर रहेको जनाएका थिए ।

भेटका क्रममा भैरहवा देखी सिधा जापान उडान गर्ने, पुरात्वतिक उत्खनन साथै बृहत्तर लुम्बिनिको विकास बारे, पर्यटनको विकास र वातावरण संरक्षण र नेपाली वास्तुकलाको निर्यात, कृषी र जडिबुटी क्षेत्रमा लगानी गर्दै सुर्यदयको देश जापान, बुद्ध तथा सगरमाथाको देश नेपाल बिच सम्बन्ध अझ बलियो बनाउनेबारे कुराकानी भएको पर्यटनमन्त्रीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
kirati1692746046.jpg

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update