Public Pana

नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कपमा उत्कृष्ट प्रर्दशन गर्ने विश्वास लिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा आफूहरुले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका हुन् ।
 

एसिया कपमामा सहभागी हुन पाकिस्तान जानु अघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहितले एसिया कपको नतिजा आफ्नो नियन्त्रणमा नरहेपनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा ध्यान केन्द्रीत गर्ने उल्लेख गरे ।


भारत र पाकिस्तानसंगको खेललाई विश्वलाई हेर्ने भएकाले आफुहरुले कुनै कमजोरी नदोहराउने उनले जानकारी दिए  । 


उनले टीममा सन्दीप लामिछानेको बिकल्प अरु कसैले लिन नसक्ने भन्दै एसिया कपमा सहभागी हुने विश्वास व्यक्त गरे ।


त्यस्तै राष्ट्रिय क्रिकेटका मुख्य प्रशिक्षक मोन्टी देसाइले प्रत्येक खेलमा टीमलाई उत्कृष्ट नजिता निकाल्न टीमका प्रत्येक सदस्यहरुको भूमिका महत्वपूर्ण रहेको बताए । 


एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुँदै छ । नेपाल घरेलु टोली पाकिस्तान र भारतको समूहमा रहेको छ ।

जसले गर्दा नेपालले पाकिस्तानसँग पाकिस्तानमा र भारतसँग श्रीलंकामा खेल्ने छ ।

नेपाल र पाकिस्तानबीचको उद्घाटन खेल मुल्ताननमा भदौ १३ मा हुनेछ ।

भारतसँगको खेल श्रीलंकाको क्यान्डिमा भदौं १८ मा हुने तय भएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update