Public Pana

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको जनआस्था खस्किन नदिन आफुले काम गर्ने बताएका छन् ।

आज मंगलबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गर्दै उनले न्यायालयप्रति जनताको आशा र भरोषा बढाउने र न्याय मर्न नदिने गरि आफुले काम गर्ने बताएका हुन् ।

प्रधानन्यायधिश श्रेष्ठले छिटो छरितो न्याय दिने काममा न्यायापालिकालाई सहयोग गर्न आग्रह गरे ।

उनले उच्च मनोवलका साथ निर्भिक भएर काम गर्ने बताए ।

त्यस्तै प्रधानन्यायाधीश श्रेष्ठले उच्च र जिल्ला रिक्त न्यायाधीशको नियुक्तिको पहल गर्ने पनि बताए । । आफु कामु प्रधानन्यायधिश हुदा सुरु गरेको रणनीतिक कामलाई निरन्तरता दिएर अघि बढाउने उनको भनाइ छ । 

त्यसअघि मंगलबार नै उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएका थिए ।
नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति  पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत् अनुमोदन गरेको थियो ।

२०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update