Public Pana
आजका लागि तय भएकोे मन्त्रिपरिषद् बैठक भोली बस्ने, सचिवहरुको सरुवा मुख्य एजेण्डा

आज बस्ने भनिएको मन्त्रिपषिद्को बैठक भोलीका लागि सारिएको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहालको व्यस्थताका कारण भोली विहान ९ बजेका लागि मन्त्री परिषद् बैठक सारिएको हो ।

भोली बस्ने बैठकले केही सचिवको सरुवा गर्ने स्रोतले जनाएको छ ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करसहित शहरी र अन्य केही मन्त्रालयका सचिवहरुको सरुवा गर्ने सम्भावना रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update