Public Pana
ग्वार्र्कोेमा ‘फ्लाइओभर’ बनाउन आजदेखि ट्राफिक व्यवस्थापन

काठमाडौँ, २३ मङ्सिर (रासस)ः सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्र्र्कोेेस्थित ‘फ्लाईओभर’ निर्माणका लागि  तयारी अघि बढाइएको छ । अहिलेसम्म डिजाइको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन सुरु गरिएको छ । 

भौतिक काम एक सातादेखि १० दिनभित्रमा सुरु गर्ने तयारी गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) सौरभ बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार केन्द्रले  मिल्नेसम्मको काम बाहिर गरी यहाँ ल्याएर जडान गर्ने योजना बनाएको छ । बिमलगायत संरचना अन्यत्र बनाएर यहाँ ल्याएर जडान गरिने छ । यो खण्डमा सवारी साधनको चाप धेरै रहेकाले पहिले सवारी साधनलाई अवरोध हुने काम सेकेपछि अन्य काम गर्ने योजना बनाइएको छ । प्रवक्ता बज्राचार्यले भन्नुभयो, “पहिले अरु ठाउँमा बनाउन मिल्ने कुरा बनाइसकेपछि मात्रै खन्ने काम हुनेछ ।” 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्माणलाई लक्ष्य गरी आजदेखि सोही सडकमै सवारी साधनको व्यवस्थापन सुरु गरिसकेको छ । अहिले सवारी साधन एउटा लेनबाट अर्काेतिर मोड्नका लागि कतिपय संरचना हटाउनुपर्ने रहेको केन्द्रले जनाएको छ । मुख्य सडकमा काम हुँदा सहायक सडकहरुबाट सवारी साधन पठाएर काम गर्ने गरी ट्राफिक प्रहरीसँग छलफल गरिएको प्रवक्ता बज्राचार्यले बताउनुभयो । अहिले सहायक सडक (सर्भिस ट्याक) मा पार्किङ गर्न नदिए केही सहज हुनसक्ने उहाँको भनाइ थियो । 

‘फ्लाईओभर निर्माण अबको १६ महिनामा सम्पन्न गर्ने गरी लक्ष्य लिइएको केन्द्रले जनाएको छ । खोलामा पुल निर्माण गर्दा वर्षामा काम गर्न नसकिने भए पनि यहाँ त्यस्तो समस्या नहुने भएकाले निर्माण कम्पनीले बाह्रै महिना काम गर्नसक्ने प्रवक्ता बज्राचार्यले बताउनुभयोे । सो योजनामा अहिलेसम्म डिजाइनको काम भइरहेकामा सडक बनावटका आधारमा डिजाइनको कामले लामो समय लिएकोे र अहिले फाइलन हुने क्रममा रहेकाले निर्माण अघि बढ्ने उहाँले जानकारी दिनुभयोे ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी वरिष्ठ उपरिक्षक) राजेन्द्रप्रसाद भट्टले हालका लागि बल्खुबाट सातदोबाटो र बालकुमारीबाट सातदोबाटोसम्मको सडक खण्डमा सवारी साधनलाई विभाजन गरी चल्न दिइएको बताउनुभयो । उहाँका अनुसार भारी सवारी साधान र दुई पाङ्ग्रे सवारी साधनलाई सहायक लेनबाट चल्न दिइने छ भने र हलुका सवारी साधन मुख्य लेनमा चल्न दिइने छ । चीन सरकारले विस्तार गरेको चक्रपथको सो खण्डको बीचमा चार लेन ‘एक्प्रेस रोड’ र छेउमा दुई÷दुई लेन सहायक सडक छन् । प्रवक्ता भटृले भन्नुभयो, “निर्माणका क्रममा बीचको मुख्य लेन पूरै अवरोध हुने अवस्थामा सर्भिस लेनबाट नै सबै सवारी साधन पठाउनुपर्ने हुनसक्छ ।”

सवारी साधन व्यवस्थापनमा अहिले नै समस्या हुने र सबै सवारी साधन सहायक लेनबाट चलाउँदा चाप अति भएर थेग्न गाह्रो हुनसक्ने उहाँको भनाइ थियो  । पिलर उठाउने समयमा खाल्डा खन्नुपर्ने हुँदा मुख्य सडक पूरै अवरुद्ध हुने देखिएको छ । प्रवक्ता भटृले भन्नुभयो, “अबको डेढ वर्षमा यो खण्डमा प्रभाब पर्ने देखिन्छ ।” 

सरकार आफैँले इपिसी (इन्जिनियरिङ प्रोक्युअमन्ट् एण्ड कन्सट्रक्सन) मा सम्झौता गरी सो ‘फ्लाईओभर’ निर्माण अघि बढाएको हो । यो ठेक्का प्रक्रियामा ‘डिजाइन एण्ड बिल्ड’का लागि गरिएको सम्झौताजस्तै डिजाइनको काम पनि निर्माण कम्पनीले नै गरेको केन्द्रले जनाएको छ । चुनौती बहन गर्ने विषयमा भने इपिसिमा ‘डिजाइन एण्ड विल्ड’ भन्दा फरक छ । ‘डिजाइन एण्ड विल्ड’ का केही कुरा सम्बन्धित आयोजनाले हेर्छ भने इपिसिका सम्पूर्ण काम र जिम्मेवारी निर्माण  कम्पनीको हुनेछ । इपिसिअनुसार निर्माण गर्दा कार्यालयले यस्तो हुनुपर्छ भनेर ‘कन्सेप्ट’ दिएकामा आवश्यकताअनुसार केही परिवर्तन हुनसक्ने उहाँले बताउनुभयो ।  
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update