Public Pana
देउवाले भागबण्डामा पूर्णता दिए केन्द्रीय अनुशासन समिति

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समितिलाई पूर्णता दिएको छ ।
 

सभापति शेरबहादुर देउवाले आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिलाई भागबण्डामा आज मंगलबार चार सदस्य थपेर पूर्णता दिएका हुन् ।
 

देउवाले आज समितिमा ईश्वरी न्यौपाने, ध्रुब वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेर पूर्णता दिएका हुन् । 
 

समितिमा सदस्य मनोनित भएका दुई जना संस्थापन पक्षका नेता हुन् भने दुई जना संस्थापन इतरका नेता हुन् ।
 

न्यौपाने र वाग्ले संस्थापन पक्षका नेता हुन् । गौतम र कोइराला संस्थापन इतरका नेता हुन् । यीमध्य न्यौपाने र गौतम प्रतिनिधि सभा सदस्य पनि हुन् ।
 

संयोजक ढुंगाना पनि संस्थापन पक्षीय हुन् ।

Bhadra-05-con1692702805.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update