Public Pana
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले शपथ लिएका हुन् । 
 

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए । 
 

संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई सोमबार राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्त गरेका थिए । 
 

उनलाई संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम प्रधानन्यायाधीशमा नियुक्त गरिएको हो ।

-bishwambhar-oo1692702439.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update