Public Pana
शेयर बजार साढे दोहोरो अंकले बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको कारोबार

लगातार दुई दिनसम्म राताम्मे भएको शेयर बजार आज मङ्गलवार भने दोहोरो अंकले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६९ अंकले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा पुगेको छ ।
 

आज सबै समूहको शेयर बढेकोमा बीमा, जलविद्युत्, होटल तथा पर्यटन र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
 

सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा इङ्वाखोला हाइड्रो र मायाखोला हाइड्रोपावर कम्पनीको शेयर झन्डै नौ प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।
 

आज ६० लाख ३१ हजार कित्ता शेयर एक अर्ब ३३ करोड २५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै कुमारी बैंकको प्रमोटर शेयर २८ करोड ५९ लाख रुपैयाँमा कारोबार भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update