Public Pana
संसद् बैठक भोलीलाई सर्यो - सूचना सहित

आज मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिभसा बैठक सरेको छ ।

सभामुखको सचिवालयले  बैठक भोलि बुधबार दिनको ३  बजेसम्मका लागि सरेको हो । 

सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेताहरूले भोलि बिहानसम्मका लागि बैठक स्थगित गर्ने सहमति गरेका हुन् । 
 

सभामुख र प्रधानमन्त्री व्यस्त हुने भएपछि आजको बैठक सरेको हो । 
 

आज ४ बजे नै प्रधानन्यायाधीशको शपथ ग्रहणमा प्रधानमन्त्री र सभामुख पनि जानपर्ने भएकाले आजको बैठक स्थगित गर्ने सहमति भएको हो । 
 

प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओली पनि अस्वस्थ रहेको जनाइएको छ । 

notice san1692697413.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update