Public Pana
राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई ॐ हस्पिटलमा विशेष छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि चाबहिलबीच बैंकका डेबिट–क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।
 

उक्त सम्झौता भएपश्चात बैंकका डेबिट–क्रेडिट कार्ड भएका ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने ब्यवस्था मिलाइएको छ ।
 

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वट एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update