Public Pana
टी–२० आई सिरिजमा हङकङलाई हराउँदै नेपालको विजय सुरुवात

अलराउण्डर सिता राना मगर र सम्झना खड्काको उत्कृष्ट प्रर्दशनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि२० आई खेलमा विजयी सुरुवात गरेको छ । 

हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । 
 

सम्झना कुमारी खड्का ३६ सीता राना मगर ३ रनमा नटआउट रहे। सम्झना ३६ बलमा ५ चौका हान्दै ३६ रनको योगदान दिइन् ।

नेपालका लागि सीता राना मगर एक्लैले ५ विकेट लिईन् । सिताले ४ ओभरमा १६ रन खर्चेर पाँच विकेट लिएकी हु्न् । 
 

इन्दु बर्माले दुई विकेट झारिन् ।

रुविना क्षत्री, पुजा महतो र कविता कुवँरले समान एक विकेट लिए । 

सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार कुवेतसँग खेल्नेछ ।

nepali_women_cricket_team --ok1692697951.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update