Public Pana
वसन्तपुरमा १९ औँ राष्ट्रिय ज्यापू दिवस

काठमाडौंको वसन्तपुरमा ‘यःमरी पुन्ही’ को दिनमा १९ औँ राष्ट्रिय ज्यापू दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । १९ औँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू समुदायले सांस्कृतिक र्‍याली पश्चात् वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रमको सुरुवात गरेको छ । 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहनुभएको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेहरूलाई सम्मान गरिएको थियो । 

ज्यापू समुदायको परम्परागत मौलिक संस्कृति, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण गर्न निरन्तर रूपमा यस दिवस मनाउन थालिएको ज्यापू संस्कृति विकास काेषका उपाध्यक्ष सन्तकुमार महर्जनले बताउनुभयो । 

वि.सं २०६१ सालदेखि नेवा: जातिभित्रको ज्यापू समुदाय र गैरज्यापू समुदायबीच सामाजिक सद्भाव, समन्वय र सहयोगी भावना अभिवृद्धि गर्ने उद्देश्यले सांस्कृतिक अभियान सुरु गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update