Public Pana
तेक्वान्दो खेलाडी जितबहादुर र पार्वतीले दक्षिण कोरियामा जिते स्वर्ण

नेपालका जितबहादुर बोट र पावर्ती गुरुङले दक्षिण कोरियाको जिटु श्रेणीको तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
 

गंगोउन चुनचेवन विश्व तेक्वान्दो कल्चरल फेस्टिबलअन्तर्गत तेक्वान्दोको पेयर पुम्से विधामा नेपालका दुई खेलाडीले स्वर्ण जितेका हुन् ।
 

नेपालमै आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुदमा पदक विजेतासमेत रहेका गुरुङ र बोटले स्वर्ण जितेका हुन् ।
 

नेपालले स्वर्ण जितेको विधामा इटाली दोस्रो र पाकिस्तान तेस्रो भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update