Public Pana

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खा र वर्षा दुवै समयमा विद्युतमा आत्मनिर्भर हुन लागेको बताएका छन् ।

आज मंगलबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले विधुतमा पूर्णरुपमा आत्मनिर्भर बन्न लागेको भन्दै प्रशारण लाइनको विस्तार र व्यवस्थापनमा ध्यान केन्द्रीत गरेको जिकिर गरे ।

मन्त्री बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको बताए ।

उनले मुलुकमा लोडसेडिङ नभएपनि प्रावधिक कारणले बेला बेलामा बत्ती जाने गरेको भन्दै यक्त समस्या पनि छिट्टै समाधान हुने दाबी गर्नुभयो ।

सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको बस्नेतले बताए ।

त्यस्तै उनले सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update