Public Pana

चितवनको इच्छाकामना ६ नाम्सीखोला पुलनजिकै खसेको पहिरो हटाउन अझै केहि समय लाग्ने भएको छ ।
 

मुग्लिन नारायणगढ सडक खण्डमा गएराती ठूलो पहिरो खसेपछि अवरुद्ध सडक खुलाउने काम भइरहेको र अझै केहि समय लाग्ने सडक डिभिजन भरतपुरले जनाएको छ ।
 

चितवनका प्रमुख जिल्ला अधिकारी (सिडयो) भुपेन्द्र थापा नारायणगढ मुग्लिन सडकको पहिरो स्थलमा बिहानै पुग्नुभएको थियो ।
 

अहिले सडक डिभिजन कार्यालय भरतपुरको दुई वटा मेसिनबाट पहिरो पञ्छाउने काम  भइरहेको छ ।   
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update