Public Pana

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको छ । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले आज मंगलबार फाइल आएको बताए । 

सीआईबीले असार १२ गते भाटबटेनी सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलगायत २३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । 

तीमध्ये ५ जना अदालतको आदेशले रिहा भए भने १८ जना हिरासतमा छन् ।

यो प्रकरणमा सीआईबीले दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, पूर्वमन्त्रीहरु चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह, पूर्व मुख्यसचिव लिलामणि पौडेलसँग पनि बयान लिएको छ । 

अब दुई दिनभित्र जिल्ला अदालत काठमाडौं वकिल कार्यालयले मुद्दा दायर गर्नेछ ।

सीआईबीले सरकारी लिखत किर्तेको कसुरमा मुद्दा अगाडि बढाएको छ । 

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको पनि फैसला हुन बाँकी छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update