Public Pana
राष्ट्रपतिले आह्वान गरेको सर्वदलीय वैठक एमालेद्वारा बहिस्कार

बिद्यमान राजनीतिक गतिरोध अन्त्यको प्रयासमा राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको छ । 

शीतल निवासमा आज बिहान बोलाइएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु उपस्थित भएपनि मुख्य प्रतिपक्ष दल एमाले भने सहभागी भएन । 
एमालेले बैठक बहिस्कार गरेपछि राष्ट्रपति पौडेलले संविधानको संरक्षक भएको नाताले संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिन, दलहरुसँग मुलुकको हितवारे छलफल गर्ने हेतुले मात्र वैठक बोलाएको बताउनुभएको थियो ।

आफुले सर्वदलीय बैठक बोलाएकालाई राजनीतिक रुपमा आफ्नो सक्रियता भनेर नबुझिदिन समेत राष्ट्रपति पौडेलले दलहरुलाई आग्रह गर्नुभएको  थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update