Public Pana
सर्वदलीय बैठक शीतल निवासमा बस्यो

राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

बैठक शीतल निवासमा केहिबेरअघिबाट सूरु भएको हो ।

बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति छ । तर प्रमुख प्रतिपक्ष दल एमाले भने उपस्थित छैन । राष्ट्रपति पौडेलले संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिन–दिन, र साथै समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएका हुन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् ।

यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछानेसँग शीतल निवासमा छलफल गरेका थिए ।

यही क्रममा आज उनले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बोलाएका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update