Public Pana
चार देशीय टी–२० सिरिज : आज नेपाल र हङकङ भिड्दै

मलेसियामा आज मंगलबारदेखि सुरु हुने चार देशीय महिला टी–२० क्रिकेट सिरिज हुने भएको छ ।

आज नेपालले हङकङसँग खेल्दैछ । 
 

नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुँदैछ ।  खेल स्थानीय समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । त्यसअघि पहिलो खेलमा घरेलु टोली मलेसियाले कुवेतसँग खेल्नेछ ।
 

अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरूप चारदेशीय टी–२० सिरिज खेल्न लागिएको हो ।

हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुखद सुरुआत गर्ने योजनामा छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update