Public Pana
धनगढीबाट काठमाडौं जाँदै गरेको बस ब्रेक फेल भएर घिउखोलामा पल्टियो, २९ यात्रु घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घिउखोलामा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । 
 

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा  पल्टिएको हो । 
 

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घिउखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो ।
 

दुर्घटनामा घाइते भएकाहरूको मध्यबिन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
 

घाइते सबैको अवस्था खतरामुक्त रहेको उहाँको भनाइ छ। बसमा ३५ जना यात्रु सवार रहेको जनाइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update