Public Pana
जसपाको इन्चार्ज र विभाग प्रमुख तोकियो

जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश र विभागको जिम्मेवारी तोकेको छ ।
 

केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो । 
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशीला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज तोकिएको छ ।

 

प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदुरपश्चिम प्रदेश इन्चार्ज तोकेको जसपाले बताएको छ । 
 

बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र देवनारायण याादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ । 
 

त्यस्तै, बैठकले संगठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ । विभागका सदस्यहरूमा रेणु यादव र लाक्पा शेर्पा रहेको छन् ।
 

संघीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत र सदस्यहरूमा शैलेन्द्र साह र सनबहादुर राई रहेका छन् । सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिसकुमार सुमन र सदस्यहरुमा लक्ष्मण हुमागाईं र योगराज वनेम रहेका छन् । 
 

युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् । यसैगरी विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान त्यस विभागको सदस्य रहेका छन् ।
महिला विभागमा लिला सिटौला सदस्यहरूमा उर्मिला साह, मञ्जु अन्सारी, विनीता यादव र किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा रहेका छन् । 

 

बैठकले केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनात्मक कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । 
 

सप्तरी जिल्लाको प्रतिनिधि सभामा निर्वाचनका बेला उत्पन्न भएका संगठनात्मक समस्या तथा अनुशासनलगायत विषयमा उत्पन्न भएका विवादबारे आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्न राजकिशोर यादवको संयोजकत्वमा सुशीला श्रेष्ठ र जगदेव यादव रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको जसपाले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update