Public Pana
आज पनि भारी वर्षाको सम्भावना

हाल नेपालमा भारतको  उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

हाल देशभर  सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज मंगलबार दिउँसो देशभर सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा र एक दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update