Public Pana
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठक बस्दै

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग आज मंगलबार छलफल गर्दै छन् ।

आज मंगलबार विहान साढे ८ बजो राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक बोलाइएको हो ।
राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने छ । 

राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि एक्लाएक्लै राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।

पौडेलले राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update